नवौं राष्ट्रिय खेलकुद : शारीरिक सुगठनका खेलाडीको तौल लिइयो
पाेखरा | असोज २९, २०७९
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्र्तगत शारीरिक सुगठन प्रतियोगिता शनिबार सहभागी खेलाडीहरुको तौल लिइएको छ ।
आईतबारदेखि पोखरा सभागृहमा सुरु हुने खेलका लागि सहभागी खेलाडीहरुको तौल लिने काम सकिएको शारीरिक सुगठन संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । शनिबार ९४ जनाको खेलाडीको तौल लिएको उनले बताए । जसमा १४ जना महिला छन् । १ सय २० जना खेलाडीको सहभागीता हुने भनिएपनि डेंगु लगायत विविध कारण सहभागी संख्या कम भएको उनले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिका अनुसार शारीरिक सुगठनका लागि शनिबारदेखि सोमबारसम्म समय तोकिएको थियो । तर, शनिबार सहभागी खेलाडीहरुको तौल नाप्ने काम सकेर प्रतियोगिता आईतबार गर्न लागिएको हो । उनका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन् ।
उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गर्नेछन् । महिलाहरुले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । शारिरीक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

